Freesansar

www.freesansar.com
December 02,2012

तिम्रो रुपको वास्तविकता

Updated on:  Saturday, November 17, 2012


--नील खड्का--
हिड्दा हिड्दै वाटामा तिम्रो रुपको लाली देखें
अस्ति जस्तो छैनौ तिमी आज अलि काली देखें ।।

रुप भने राम्रो तिम्रो व्यवहार भने कस्तो कस्तो
पलासको बोटमुनि आज मैले माली देखें ।।

भीड पनि कति कति मान्छे भने हुलका हुल
दुनियाँ सामु तिम्रो रुपको आज मैले ताली देखें ।।

समय लाग्छ वुझ्न कुरा केही दिनमा थाहा हुन्छ
हेर्दा हेर्दै तिमी भित्र मैले एउटा जाली देखें ।।

चुरो कुरो नजान्दामा केही थाहा हुन्न रै‘छ
वास्तविकता वुझेपछि तिमी भित्र नाली देखें ।।

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags:  ,

0 comments

Leave a Reply

Hot Items