सडक दुर्घटनामा मृत्यु
Updated on: Tuesday, November 27, 2012
काठमाडौँ, १२ मङ्सिर । तीनथाना गाविस–८ स्थित ढुङ्गेअड्डामा गए राति भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
कलङ्कीबाट थानकोटतर्फ जाँदै गरेको बा ३६ प ५६३९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको ना ३ ख ७०१० नम्बरको टिपरले ठक्कर दिँदा लैनचौरका ३८ वर्षीय चन्द्रज्योति महर्जन गम्भीर घाइते भई स्थानीय समाज अस्पतालमा उपचारका क्रममा राति ९ बजे उनको मृत्यु भएको हो ।
टिपर नियन्त्रणमा लिइनाका साथै चालक ४२ वर्षीय टीकाराम तामाङलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखिएको महानगरीय ट्राफिक महाशाखाका प्रहरी सहायक निरीक्षक विष्णु थापाले बताउनुभयो । रासस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments