Freesansar

www.freesansar.com
December 02,2012

कोहलपुरमा टेलिसेन्टर सेवा स्थापना

Updated on:  Tuesday, November 20, 2012

नेपालगन्ज, ५ मङ्सिर । ग्रामीण क्षेत्रमा सूचना प्रविधिको नवीनतम तथा आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले बाँके जिल्ला हुलाक कार्यालयले इलाका हुलाक कार्यालय कोहलपुरमा सोमबार ‘टेलिसेन्टर’ स्थापना गरेको छ ।

टेलिसेन्टरबाट त्यहाँका सर्वसाधारणले टेलिफोन, फ्याक्स, लेमिनेसन, फोटोकपी, स्क्यानिङ, इ–मेल, इन्टरनेट, नेटफोन तथा आधारभूत कम्प्युटर प्रशिक्षण सेवा न्यूनतम शुल्कमा प्राप्त गर्न सक्ने जिल्ला हुलाक प्रमुख केशरसिंह माझीले बताउनुभयो ।

यसअघि सो कार्यालयले जिल्लाका चिसापानी, कोहलपुर, बागेश्वरी र राधापुर गाविसमा ‘टेलिसेन्टर’ सेवा सञ्चालन गर्दैैआएको थियो । सो टेलिसेन्टरबाट हुलाक कार्यालयले गत आवमा रु ४२ हजार ५०० आम्दानी गरेको छ । हुलाक टिकट बिक्रीबाट रु ३३ लाख ९७ हजार, काउन्टर अटोमेसनबाट रु १६ हजार ४००, पोस्टबक्सबाट रु १७ हजार, पत्रपत्रिका दर्ताबाट रु एक हजार ९००, केबल नेटवर्क रोयल्टीबापत रु एक लाख १५ हजार आम्दानी भएको कार्यालय प्रमुख माझीले जानकारी गराउनुभयो । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items