Freesansar

www.freesansar.com
December 02,2012

बरु गोलि खान्छु, बालुवाटार छाड्दिनँ' : प्रधानमन्त्री भट्टराई

Updated on:  Monday, November 26, 2012

प्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटार नछाड्ने बताउनु भएको छ | नागरिक समाचारको अनुसार राष्ट्रपति र पार्टी अध्यक्ष पुष्पकमल दाहालले योजना बनाई आफुमाथि कु गर्न लागेको भन्दै प्रधानमन्त्री रिसाएका छन् |

सरकारी निवासमा शनिबार आफूनिकट नेताहरु संग राष्ट्रपति र अध्यक्ष प्रचण्डले बुनेको योजना बिफल पार्ने बताउदै भने 'राष्ट्रपति र अध्यक्ष प्रचण्ड (दाहाल) बीच दमननाथ ढुंगानालाई प्रधानमन्त्री र कृष्णबहादुर महरालाई गृहमन्त्री बनाउने सहमति भइसकेको मैले सुनिरहेको छु,' प्रधानमन्त्रीले शुभेच्छुकसँग गुनासो गरे, 'तर दुवैको योजनालाई नै यसरी म विफल पारिदिनेछु कि उनीहरुले सोच्न पनि सक्दैनन्।'


योजना बिफल पार्नको लागि भनेर आइतबार प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाइ राष्ट्रपतिको कदम असंबैधानिक भएको निर्णय गराएको थिए |

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले नागरिकलाई राजनीतिक सहमति भए बाधक नबन्ने भन्दा भन्दै कुको शैलीमा सातात दिनको म्याद राखी आह्वान गरेकोले प्रधानमन्त्री रुष्ट भएका हुन् भनेका छन् |

अझै पनि सहमति भए प्रधानमन्त्रीले बालुवाटार छाड्ने तर सहमतिबिना आफैलाई हटाउन प्रयास भइरहे त्यसको खरो प्रतिकार गर्न निकटस्थलाई निर्देशन दिइएको समाचारमा जनाइएको छ , 'म गोली खान तयार छु, तर सहमतिबिना बालुवाटार छाड्दिनँ,' प्रधानमन्त्रीको आक्रोश थियो, 'अनि हेर्छु, राष्ट्रपति र अध्यक्षले कसरी मेरो सहमतिबिना निर्णय गरेर जाँदा रहेछन्? मलाई बालुवाटारबाट कसरी हटाउँदा रहेछन्?'

भट्टराईले आफुलाई हटाउने संवैधानिक र कानुनी आधार कसैसँग नभएको दाबि गरेका थिए | लामो समयको छलफल पछि भट्टराइ र दाहाल बिच राष्ट्रपतिको यो आह्वान असंबैधानिक रुपमा लिने निर्णय भएको थियो |

यो पनि हेर्नुहोस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items