Freesansar

www.freesansar.com
December 02,2012

लुटेराले चलाएको गोलीबाट गम्भीर घाइते चौधरीको मृत्यु

Updated on:  Saturday, November 17, 2012


दाङ (तुलसीपुर), २ मङ्सिर । लुटेराको समूहले गएराति दाङमा गोली चलाउँदा गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा उरहरि गाविस–६ मोतिपुरका ३० वर्षीय जीतबहादुर चौधरी रहेका छन् ।

पेटमा गोली लागी गम्भीर घाइते भएका चौधरीलाई राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि हिजो नेपालगन्ज पठाइएको थियो ।
तर त्यहाँ पनि उनको उपचार हुन नसकेपछि थप उपचारका लागि आज काठमाडाँै लगिँदै गर्दा बाटोमा नै मृत्यु भएको जनाइएको छ ।

स्थानीय गणेश डाँगीको घरमा तास खेलिरहेका चौधरीसहित अन्य गाउँलेलाई बिहीबार राति करिब १२ बजे आएका लुटेराहरुले घरमा पसेर आक्रमण गर्नुका साथै गोली चलाएको प्रहरी निरीक्षक मदन थापाले बताउनुभयो ।

घरको एउटा ढोका बन्द गरी अर्को ढोकाबाट भित्र प्रवेश गरेका करिब १० जनाको सङ्ख्यामा रहेका लुटेराले बिजुलीका बल्ब तोडफोड गरेर आक्रमण गरी उनीहरुसँग भएको रु १० हजार लुटेर भागेको पनि प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

घटनास्थलबाट प्रहरीले एक थान गोलीको खोका बरामद गरेको थियो । घटनाबारेमा अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक थापाले बताउनुभयो । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items