पुष्पा बस्नेतलाइ सी एन एन हिरो बन्न भोट गरि सहयोग गरौ, (RE-POSTED)
Updated on: Wednesday, November 28, 2012
शुक्रबार बिहानै पुष्पाले मनहरु खुसी र आँखामा ओभाएका आशुँहरुका साथ चपलीस्थित बालकेन्द्रमा रहेका बालबालिकाहरुलाई चकलेट बाडेकी थिइन् ।
ती सानातिना बालबच्चाहरु चकलेटमा मज्जाले रमाएका थिए जतिबेला अनि पुष्पा पनि उति नै खुसी भएकी थिइन त्यसैबेला पनि ।
चकलेट बाड्दा साना तिना ती बालबालिकाहरु उनले आफू सिएनएन हिरोको टप टेनमा छानिएको खुसी बाड्दा बच्चाहरु पनि खुब खुसी भएका थिए ।
हो, विभिन्न अपराधमा सजाय पाएका आमासँगै जेलमा बस्ने बालबालिको शिक्षादिक्षा र पालनपोलषलाई आफ्नो ड्यटी ठान्ने तथा त्यही काममा आफ्नो जीवन व्यतित गर्दै आएकी पुष्पा बस्नेत सीएनएन हिरोको उत्कृष्ट दशमा पर्न सफल भएकी हुन् ।
त्यही खबर बिहीबार राति सुनेपछि उनमा अहिले भने राम्रो काम गर्नेको जहिल्यै राम्रै हुनेरहेछ भन्ने लागेको छ ।
उनी सिएनएन हिरो २०१२ अन्तर्गत सिएनएनले सार्वजनिक गरेको तालिकाको पहिलो नम्बर रहेकी छन् ।
सिएनएनले हरेक वर्ष विश्वव्यापी मतका आधारमा उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । उत्ष्कृष्ट दशका हरेक उम्मेदवारलाई ५० हजार डलरको पुरस्कार प्रदान गर्ने गर्दछ । त्यसमध्ये पनि प्रथमले भने २ लाख ५० हजार पाउने छन् ।
जसमा उत्कृष्ट भने तपाई हामीले गरेकै भोटका आधारमा छानिने छ । त्यसो त सिएनएनले बिहिबारबाटै विश्वव्यापी मतदान खुल्ला गरिसकेको छ । यसअघि पनि नेपाली अनुराधा कोइराला सिएनएन हिरो बनिसकेकी छन् । अब दोस्रो पटक नेपालीलाई नै सिएनएन हिरो बनाउन संसार भरिका नेपालीहरुमा पुन एकपटक मनमा खुशीका साथ लागिसकेका छन् । अब अनुराधा कोईरालालाई जस्तै पुष्पा बस्नेतलाई प्रथम हुन हाम्रो भोटको नितान्त आवश्यकता रहेको छ । भोटिङ नोभेम्बर २८ सम्म खुल्ला रहने छ ।
सीएनएनको नियमअनुसार एक दिनमा एक जनाले एउटा इमेलबाट दसवटा मत हाल्न पाउँछ । दसवटा इमेल भए दसैवटा इमेलबाट एकै जनाले एकै दिनमा सयौं मत पुष्पालाई दिन सक्नेछ । फेसबुक र ट्वीटरको प्रयोग गरेर पनि मत हाल्न पाइने छ ।
कसरी भोट गर्ने ?
सुरुमा http://heroes.cnn.com/ मा वा http://edition.cnn.com/
फेसबुकबाट पनि भोट गर्न सकिने कसरी ?
तपाईले चलाइराख्नु भएको फेसबुकबाट पनि भोट गर्न सकिन्छ । त्यसको लागि माथी दिए जस्तै शुरुमा http://heroes.cnn.com/ मा वा http://edition.cnn.com/
को हुन त उनी
कान्तिपुर -अपराधमा सजाय पाएका आमासँगै जेलमा बस्ने बालबालिकाको शिक्षादीक्षा र पालनपोषणमा आफ्नो जीवन समर्पण गर्ने युवती हुन् पुष्पा । 'बालबालिकाहरू बाआमासँगै जेलमा परेको देखेर पुष्पा स्तब्ध भइन्, २१ वर्षकै उमेरमा उनले तिनका लागि 'अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर' खोलिन्,' सीएनएनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सन् २००५ देखि उनले जेलमा परेका बाआमाका १ सय ४० भन्दा बढी बच्चालाई शिक्षा, आवास र स्वास्थ्य सेवा उपलब्ध गराएकी छन् ।' सीएनएनले भनेजस्तै भर्खर २८ वर्ष पुगेकी पुष्पा ७ वर्षदेखि परिवारै छाडेर बालबालिकाको स्याहारसुसारमा दत्तचित्त छिन् ।
बच्चाहरूको सम्पर्कमा आउनुअघि सम्पन्न परिवारकी कान्छी छोरी पुष्पा सेन्ट जेभियर्समा 'सामाजिक सेवा' पढ्थिन् । 'प्रोजेक्ट वर्क' को सिलसिलामा केन्द्रीय कारागारको महिला बन्दीगृह जाँदा आमासँगै जेलमा बस्न बाध्य बालबालिका उनले देखिन् । एउटा बालिकाले पुष्पाको लुगा समातेर उनीसितै जाउँला जसरी हेरिन् । 'त्यो दिन मलाई सबैभन्दा नमज्जा लाग्यो,' पुष्पा भन्छिन्, 'रातभरि जेलमा परेका ती सानी केटीलाई सम्झिरहें ।'
पुष्पा निकै दिनसम्म घोत्लिएर बसिन् । अन्ततः तिनै बालबालिकाका लागि 'केही गर्ने' निर्णयमा पुगिन् । उनी र्फकेर जेलमै पुगिन् । आमासँगचाहिँ बच्ची मागिन् । सिन्धुपाल्चोककी सञ्चु तामाङकी आठ महिनाकी छोरी थिइन् ती ।
बडो ढिँपी गरेर पुष्पाले सञ्चुलाई मनाइन् । तर जेलरले रोके । बच्चीलाई जेलभित्र कुनै सहयोग गर्न नमिल्ने, जेल बाहिर लैजान दर्ता भएको सामाजिक संस्था चाहिने अत्तो उनले थापिदिए । सारा काम छाडेर संस्था दर्ता गर्नतिर लागिन् उनी । साथीहरूलाई जम्मा गरिन् । आफन्तलाई फकाइन् । ९ जना जसोतसो जम्मा गरेर दर्ता गरिन्, अर्ली चाइल्डहुड डेपलपमेन्ट सेन्टर ।' आफ्नो गहना बेचेर, आमासँग पैसा मागेर र साथीभाइसँग सापट गरेर पुष्पाले ७० हजार जम्मा गरिन् ।
त्यही पैसाले सुन्धाराको एउटा घरमा सानो पाठशालाजस्तो बालकेन्द्र खोलिन् । सुरुमा जेलभित्रका चार बच्चा बिहानै उनी त्यहाँ ल्याउँथिन् । तिनको स्याहारसुसार गरिदिन्थिन् । खेलाउँथिन् । पढाउँथिन् । अनि बेलुका जेलमै फर्काउँथिन् । ६० बच्चाहरू आमा जेलबाट छुटेपछि घर गए । अहिले पुष्पाका साथमा ४४ बच्चाहरू छन् । ती सबै अहिले चपली गाउँको एउटा घरमा बस्छन् ।
सहयोगी: हेल्लोखबर डट कम
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Society
0 comments