अनेसास द्वारा सिएनएन हिरो– २०१२ पुष्पालाई बधाई ब्यक्त
Updated on: Wednesday, December 5, 2012
फ्लोरिडा(संयुक्त राज्य अमेरिका),२० मङ्सिर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), फ्लोरिडा शाखा अमेरिकाले सिएनएन हिरो– २०१२ को सम्मान नेपालले प्राप्त गरेकामा खुसी व्यक्त गर्दै विजेता पुष्पा बस्नेतप्रति बधाई व्यक्त गरेको छ ।
अनेसासले आज यहाँ विज्ञप्ति प्रकाशन गर्दै विजेता बस्नेतले मानव सेवाका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय समुदायसमक्ष चिनाएकामा नेपालीले गौरवको अनुभव गरिरहेको उल्लेख गर्दै नेपालीले केही गरे त्यो विश्वसामु चिनिन सक्ने भएकाले बस्नेतको जस्तै काम गर्ने बेला आएको छ भनिएको छ ।
गत वर्ष सिएनएन हिरो– २०११ को उपाधि नेपालका अनुराधा कोइरालाले प्राप्त गर्नुभएको थियो ।
अनेसासका अध्यक्ष कृष्ण श्रेष्ठले भत्रुभयो “मेरो राष्ट्र, मेरो गौरव भन्दै संसारभरका सबै नेपाली एक हौँ र सधैँ नेपालको नाम यसैगरी राख्न सकौँँ ।”
यहाँको होलफुड नामक सुपरमार्केटमा काम गर्ने एक नेपाली विजय शर्मा भत्रुहुन्छ “त्यहाँ कार्यरत धेरै देशका नागरिकले नेपालले सिएनएन हिरोको अवार्ड जित्यो भन्दा मलाई निकै नै गर्व लाग्यो ।” उहाँमात्र हैन अमेरिकाका विभित्र राज्यमा बसिरहेका नेपालीले आफू नेपाली भएको र नेपालले सो अवार्ड जितेकामा निकै खुसी लागेको अनुभव सुनाएका थिए । रासस
0 comments