Freesansar

www.freesansar.com
December 02,2012

क्षतिपूर्तिको माग गर्दै पासाङल्हामु मार्ग बन्द

Updated on:  Tuesday, December 25, 2012

त्रिशूली (नुवाकोट), १० पुस । माइक्रोबसको ठक्करबाट विदुरमा सोमबार एक युवतीको ज्यान गएपछि क्षतिपूर्तिको माग राख्दै पीडित पक्षले आज पासाङल्हामु मार्गको ढुङ्गेमा सडक बन्द गराएका छन् ।

माइक्रोबस सञ्चालक समितिले नियमबमोजिम तोकिएको क्षतिपूर्ति मात्र दिने अडान लिएपछि पीडित पक्षले रु १० लाख क्षतिपूर्ति दिनुपर्ने मागसहित अहिले बिहानदेखि घटनास्थल ढुङ्गे बजारमा बाटो बन्द गरेका हुन् ।

बाटो बन्द भएपछि काठमाडौँ र रसुवा आउने जाने सवारी साधन सो ठाउँमा रोकिएका छन् ।

सोमबार काठमाडौँबाट त्रिशूलीतर्फ आइरहेको बा१ज ९३४२ नं को माइक्रोबसको ठक्करबाट ढुङ्गेको प्रतिक्षालयमा बसिरहेकी तुप्चे–४ की १८ वर्षीया सुनिता अधिकारीको ज्यान गएको थियो । दुर्घटनामा घाइते हुनेमध्ये एक जनाको काठमाडौँको न्यूरो अस्पताल र दुई जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items