Freesansar

www.freesansar.com
December 02,2012

डिसेम्बर २१ मा संसार ध्वस्त भएरै छाड्ने छ ! (भिडियोसहित)

Updated on:  Friday, December 7, 2012

मंसिर २२ – २०१२ को डिसेम्बर २१ मा संसार ध्वस्त हुने भन्ने जस्ता प्रचारहरु भईरहेका बेला अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले भने संसार ध्वस्त हुने दिन नजिकिदै गएको दाबी गरेकी छिन् ।


उनले संसारको अन्त्य अवश्यभावी रहेको भन्दै यस्तो प्रलयको दिन नजिकिइरहेको बताएकी हुन् ।

डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्ला चलिरहेको अवस्थामा एक भिडियो सन्देशमा गिलार्डले अस्ट्रेलियाली जनतालाई सम्बोधन गर्दै माया पात्रोको भविष्यवाणी सही रहेको र संसार ध्वस्त हुने पक्का रहेको दाबी गरेकी हुन् ।

तर उनले संसार कसरी ध्वस्त हुन्छ भन्नेबारे भने कुनै पनि कारण दिन सकीनन् । कुनै कारण र तथ्य बिना नै प्रधानमन्त्री गिलार्डले यस्तो कुरा बताएकाले पनि उनको कुरामा कुनै तुक नरहेको बताइन्छ ।

तर उनले भनिरहेकी छिन्- 'संसार कुन हिसाबले ध्वस्त हुन्छ भन्ने कुरा थाहा नभएपनि यो अवश्य नास हुनेछ ।'

यता, संसार ध्वस्त हुने भनिएको डिसेम्बर २१ नजिकिँदै गर्दा मायावी विश्वको केन्द्र मानिने ग्वाटेमालामा विदेशी पर्यटकको घुइँचो बढेको एयूनेपाल डटकमले जनाएको छ ।

ग्वाटेमालामा डिसेम्बर २० र २१ मा विश्व मानवताको नयाँ विहानी शिर्षकको विश्व सम्मेलन हुँदैछ ।

डिसेम्बर २१ का दिन अहिलेको विश्व ध्वस्त हुन्छ र नयाँ संसारको सिर्जना सुरु हुनेछ, भन्ने कुरा माया पात्रोमा उल्लेख छ ।
अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले दिएको भिडियो सन्देश

भिडियोको यथार्थता :
उक्त भिडियोमा संसार कुन हिसाबले ध्वस्त हुन्छ भन्ने कुरा नखुलाइए पनि यो अवश्य नास हुनेछ भनियता पनि उक्त भिडियो सन्देशमा भनिएको कुरा भने सत्य होइन । एयूनेपालले उक्त भिडियोलाई संसार अवश्य ध्वस्त हुँदैछ भनेर समाचार छापेपछि कान्तिपुर एफएमको अनलाइनले समेत साभार गरेको थियो ।




प्रधानमन्त्री गिलार्डको उक्त भनाईलाई विदेशी सञ्चारमाध्यमले समेत छापेपनि उनीहरुले भने प्यारोडी भिडियो भनेर छापेका थिए । तर नेपाली सञ्चारमाध्यममा भने उक्त कुरा नखुलाईपछि एक प्रकारको त्रास फैलिन पुगेको थियो ।




प्रधानमन्त्रीले उक्त भिडियो प्यारोडी अर्थात वर्षको अन्ततिर हसाउन मात्र बोलेको हो भनेर उनका प्रवक्ताले समेत स्पष्ट पारिसकेका छन् । 

source:हेल्लोखबर

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags:  ,

0 comments

Leave a Reply

Hot Items