२८ काचो अण्डा खाँदा गयो ज्यान
Updated on: Friday, December 28, 2012
काचो अण्डा खानको लागि बाजी ठोकेर अण्डा खाएका एक व्यक्ति को मृत्यु भएको छ | साथीलाई मा लगातार ३० वटा काँचो अण्डा खान सक्छु भन्दै बाजी ठोकेका २० बर्षीय ट्युनिसायाली युवक धाओउ फात्नास्सीको २८ वटा अण्डा खाएपछि नै पेट अत्याधिक दुखेको थियो |
२८ अण्डा खादैमा पेट दुखेर ढलेका उनलाई नजिकैको अस्पतालमा लागिएको थियो तर अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले बताएको थियो |
३० अण्डा खान उनले कति रकमको बाजी ठोकेका थिए भन्ने कुरा समाचारमा खुलाइएको छैन | काचो अन्डाले फुड प्वाइजनिङ हुन सक्नुका साथै साल्मोनेल्ला ब्याक्टेरिया हुन सक्ने सम्भावना हुन्छ त्यसैले उनलाई पेट दुखेको र धेरै काचो अण्डा खाएको हुनाले उनको मृत्यु भएको हुन सक्छ |
राम्रो संग पाकेको अण्डामा प्रोटिन हुने हुनाले स्वास्थ्यको लागि राम्रो हुने भए पनि काँचो अन्डा भने स्वास्थ्यको लागि निक्कै हानिकारक हुन सक्ने बिशेसज्ञहरु बताउछन |(एजेन्सी )
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Amazing World
0 comments