शर्लिन भन्छिन "मेरो रेप गर्न सक्नुहुन्छ तर एक शर्तमा "
Updated on: Monday, December 31, 2012
प्रख्यात म्यागजिन प्ले ब्वाई मा नाङ्गो फोटोशुट गरेर चर्चामा आएकी भारतीय मोडल शर्लिन चोपडाले प्राय जस्तो आपतिजनक पोस्ट हरु गर्ने गर्दछिन | उनको पोस्ट तथा कमेन्टको निक्कै नै ( राम्रो /नराम्रो ) चर्चा हुने गर्दछ | उनको ट्वीटले उनको पब्लिसिटी त भएकै छ |
डिसेम्बर ३० मा शर्लिनले आफ्नो ट्विटरका फलोअर्सले लेखेको आपत्तिजनक कमेन्टको बारेमा लेख्दै उनले भनेकी छिन "यदि कोहि मेरो रेप गर्न चाहन्छ भने म तयार छु तर मेरो रेप पछि समाजको कुनै पनि केटि\ महिलाको रेप हुनु हुदैन |"
दिल्ली मा भएको सामुहिक बलात्कार र अत्याचार बाट दुखि हुदै उनले यो ट्विट गरेकी थिइन | शर्लिनले गरेको यो ट्विट उनको छविमा औला उठाउने प्रति कटाक्ष गर्दै लेखिएको देखिन्छ |

उनको यो ट्विटको अर्थ धेरैले बुझ्न सकेका छैनन् | उनको यो ट्वीटको जवाफमा एक युजरले कमेन्ट गर्दै भनेका छन् " शर्लिन तपाई किन आफ्नो रेप गराउनको लागि यत्तिको उत्सुक किन हुनु हुन्छ ??
उक्त ट्वीटको जवाफ दिदै शर्लिनले युजरलाइ अंग्रेजी शिक्षक राख्न भन्दै आफ्नो ट्वीटको अर्थ बुझ्न भनेकी छिन |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: World
0 comments