Freesansar

www.freesansar.com
December 02,2012

भारतबाट अवैधरुपमा अण्डा भित्रिदै

Updated on:  Thursday, December 27, 2012


जनकपुरधाम, १२ पुस । खुला सिमानाका कारण भारतबाट अवैधरुपमा कुखुराको सेतो अण्डा नेपाल भित्रिन थालेको छ ।

महोत्तरी जिल्लाको पूर्वी तथा पश्चिमी नाकाबाट दैनिक करिब रु एक लाखभन्दा बढी मूल्यको भारतीय सेतो अण्डा नेपाल भित्रिने गरेको छ ।

नेपाल–भारत सीमाअन्तर्गत नेपाली सीमा नाका मटिहनी, भिठ्ठामोड, मनरा, पोखरभिन्डा, समसी, रघुनाथपुर र गौशालामा भारतीय सेतो अण्डा ल्याउने गरेको स्थानीयवासी बताउँछन् ।

भारतबाट अत्यधिक सङ्ख्यामा सेतो अण्डा नेपालतर्फ आउने गरेको भए पनि सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले देखावटी रुपमा कहिलेकाँही मात्र त्यस्तो अण्डा समात्ने गरेको क्वारेन्टाइन चोक पोस्ट भिठ्ठामोडका कर्मचारी परमानन्द झा बताउनुहुन्छ ।


त्यस क्षेत्रका व्यापारीले रातिको समयमा सीमापारीबाट अण्डाको अवैध व्यापार गर्ने गरेका छन् । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items