Freesansar

www.freesansar.com
December 02,2012

सिएनएन हिरोलाई सरकारको पनि सम्मान

Updated on:  Thursday, December 13, 2012

काठमाडौँ, २८ मङ्सिर । सिएनएन हिरो पुष्पा बस्नेतलाई सरकारले सम्मान गरेको छ ।

कारागारमा बन्दीजीवन बिताइरहेका परिवारका बालबालिकाको सेवामा निःस्वार्थ भावले समर्पित भई सिएनएन हिरो उपाधि चुम्न सफल बस्नेतलाई सरकारले पनि सम्मान गरेको हो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा सो मन्त्रालयका मन्त्री बद्रीप्रसाद न्यौपानेले बस्नेतलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।

सो अवसरमा सम्मानित व्यक्तित्व बस्नेतले आफू ‘सिएनएन हिरो एवार्ड–२०१२’ बाट सम्मानित हुन पाउँदा खुसी लागेको र काँधमा जिम्मेवारी थपिएको महसुस भएको विचार व्यक्त गर्नुभयो । उहाँले आफू आजीवन यिनै बेसहारा बालबालिकाको सेवामा समर्पित हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्री न्यौपानेले निःस्वार्थ भावले समाजसेवामा पु¥याउनुभएको योगदानको कदर स्वरूप सिएनएन हिरो एवार्ड–२०१२ बाट सम्मानित पुष्पा विश्वकै हिरो बन्नुभएको चर्चा गर्नुभयो ।

मन्त्री न्यौपानेले उहाँको सम्मान राष्ट्रकै सम्मान भएको र यसबाट सम्पूर्ण राष्ट्र गौरवान्वित भएको चर्चा गर्दै मन्त्रालय उहाँसँग सहकार्य गर्न तथा सहयोग दिन प्रतिबद्ध छ भन्नुभयो ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले व्यक्तिगत प्रयासबाट सिएनएन हिरो एवार्ड–२०१२ बाट सम्मानित हुनुभएकी बस्नेतले मुलुक तथा सरकारको गौरव बढाउनुभएको बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय महिला आयोगका अध्यक्ष शेषचाँद तारा र न्याय परिषद्का सदस्य उपेन्द्रकेशरी न्यौपानेले पनि सो उपाधि हासिल गर्न सफल हुनुभएकोमा उहाँलाई शुभकामना दिनुभएको थियो । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items