अभिताब बच्चन भन्छन " मलाई झन्डै मारेनन "
Updated on: Tuesday, January 1, 2013
बलिउडका सुपरस्टार अभिताब बच्चनले भारतीय मिडियाको भूमिका सकारात्मक नभएको भन्दै अलोलाचना गरेका छन् |
दिल्लीमा बलात्कृत किशोरीको सिंगापुरमा उपचारको लागि लैजान लागेको बेला मिडिया पर्सनले देखाएको व्यवहार अत्यन्तै नराम्रो भएको भन्दै बच्चनले कडा रुपमै भारतीय मिडियाको आलोचना गरे |
उनले बलात्कृत किशोरीको गोपनियता भंग गरेको तथा सिंगापुर लैजाने बेलामा एम्बुलेन्समा राख्न खोज्दा मिडियाले विभिन्न प्रश्न सोधेर अबरोध गरेकोमा पनि मिडियाको बिरोध गरेका छन् |
अभिताबले दुइ बर्ष आफु एक्कासी बिरामी भएर हतार हतार अस्पताल लैजादा मिडिया पर्सनले छेकेर अनावश्यक प्रश्न सोधेर अबरोध गरेकोले उनको अपरेशन २० मिनेट ढिला भएको बताए |
"मलाई पनि झन्डै मारेनन, मिडियाले आफ्नो भूमिका के हो बुझ्नु पर्छ" बच्चनको भनाइ थियो |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: World
0 comments