Freesansar

www.freesansar.com
December 02,2012

फेरी आतङ्क मच्चाउदै ध्रुवे

Updated on:  Wednesday, December 26, 2012


चितवन, ११ पुस । चितवनको माडी क्षेत्रमा आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेले गएराति पश्चिम चितवनको मेघौलीमा फेरि आतङ्क मच्चाएको छ । निकुञ्ज प्रशासनले हात्तीलाई नियन्त्रणमा लिन सकेको छैन ।

मेघौली गाविस वडा नम्बर ५ मा रहेको सुकुम्बासी बस्ती मुसहर टोलमा प्रवेश गरी ध्रुवले शुकराम मुसहरको घर पूर्णरुपले क्षति पु¥याएको छ ।

सुतिरहेका बेला हात्ती प्रवेश गरेर चामल राखेको ड्रम कुच्याउन थालेपछि शुकराम घरको बार भत्काएर बाच्न सफल भएका छन् ।

यस्तै ध्रुवे हात्तीले गएराति नै मेघौली विमानस्थल नजिकै रहेको कोसी टप्पु हात्ती सारमा बाधेर राखिएको एक बुडी हात्तीलाई पनिसँगै लिएर गएको मेघौली उपभोक्ता समितिका अध्यक्ष माहाराम चौधरीले जानकारी दिनुभयो ।

हात्तीसारमा रहेका तीनवटा हात्तीको सहयोगमा हात्तीको खोजी कार्य बिहानैबाट सुरु गरिएको छ । निकुञ्ज प्रशासनले पनि रेडियो कलरको सिग्नलका आधारमा ध्रुवे निकुञ्जको टाइगर टप्स क्षेत्रमा रहेको बताएकाले मेघौलीमा गएराति क्षति पु¥याउने हात्ती ध्रुवे नै भएको आँकलन गरिएको छ ।

मङ्गलबार मात्रै चितवन आएर निकुञ्ज प्रमुखको कार्यभार सम्हाल्नु्भएका प्रमुख संरक्षण अधिकृत डा महेश्वर ढकालले ध्रुवेको खोजीकार्य जारी रहेको बताउनुभयो ।

निकुञ्जका कर्मचारी, मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाली सेनासँग परामर्श गरी ढकालले हात्तीले आतङ्क मच्चाउँदै आएको क्षेत्रमा थप क्षति हुन नपाओस् भन्ने हिसाबले सुरक्षा व्यवस्था बलियो पार्ने निर्णय भएको पनि जानकारी दिनुभयो । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items