Freesansar

www.freesansar.com
December 02,2012

सासुले दिइन बुहारीको कन्यादान, रोए बिहेका पाहुना

Updated on:  Tuesday, December 11, 2012


२६ मंसिर, काठमाण्डौं । कुनै सासुले आफ्नो बुहारीको कन्यादान दिएको सुन्दा तपाई पनि अचम्ममा पर्नु होला |

तपाईलाई लाग्ला यो बकवास हो | तर गुल्मीको एक परिवारमा भर्खरै यो घटना घटेको छ |

उक्त परिवारमा सासुले आफ्नै बुहारीलाई घरै बाट कन्यादान गरेरै बिदा गरेकि छिन |

गुल्मीको सदरमुकाम तम्घास ३ बाघमारे निवासी सासू लक्ष्मी र ससुरा ईश्वरी नेपालीले आफ्नो बुहारीको कन्यादान गरेर बिहे गरेर पठाएका हुन् |

नेपाल समाचार पत्रमा छापिएको खबर अनुसार आफ्नो जेठा छोराको मृत्यु पछि बिदावा बनेकी बुहारी २४ बर्षकी उषा नेपालीलाइ सासु ससुराले बिहे गरिदिएका हुन् | उषाको बिहे धुर्कोट रजस्थल १ निवासी सुर्यबहादुर नेपालीका छोरा २८ बर्षका आशिषकुमार नेपाली संग सम्पन्न भएको हो |

उषाको सासु लक्ष्मीले अहिले सम्म बुहारी बनाएर राखे पनि अब चोरीको रुपमा कन्यादान दिदै छु भन्दै मिति सम्झेर आए छोरीकै रुपमा सधैँ स्वागत गर्ने बताइन |

कन्यादान दिदै गर्दा लक्ष्मीले यस्तो भने पछि बिबाहमा आएका जन्ती र आफन्तजन समेत रोएका थिए |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items