कक्षा ११ को परीक्षाफल प्रकाशित | HSEB class 11 Result Published
Updated on: Tuesday, December 11, 2012
उच्च माध्यमिक शिक्षा परिषद्ले ११ को नतिजा प्रकाशित गरेको छ । शिक्षा परिषद्का यस वर्ष ४०.३८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
गत बैशाख ३१ गते देखि जेठ १० गतेसम्म संचालन भएको परीक्षामा देशभरका ४ लाख ६२ हजार परीक्षार्थी सहभागि थिए ।
विज्ञान, ब्यवस्थापन, शिक्षा र मानविकी संकाय गरी नियमिततर्फ कूल २ लाख ८२ हजार ३ सय ५९ परिक्षार्थी सम्मिलित मश्ये १ लाख १४ हजार १९ विद्यार्थी उत्तिर्ण भएका छन्।
गएको वर्षको तुलनामा यो वर्ष १.३८ प्रतिशत बढी विद्यार्थी पास भएका छन् । गत वर्ष ३९ प्रतिशत विद्यार्थीमात्र पास भएका थिए।
यस्तै यो बर्ष आंसिकतर्फ १ लाख ५८ हजार ६ सय ८९ परीक्षार्थीले परिक्षा दिएकोमा ५१ हजार ५ सय २५ परिक्षार्थी पास भएका छन् । यो बर्ष आंसिकतर्फ ३२.४७ प्रतिशत उतिर्ण भएका छन्, गत वर्ष आंसिकतर्फ ४० प्रतिशत परीक्षार्थी उतिर्ण भएका थिए ।
उच्च माध्यमिक शिक्षा परिषदले एक विषयमा फेल हुने विद्यार्थीकोलागि मौका परिक्षाको मिति पुस २८ मा तोकेको छ।
Result Published Date December 11 2012/ Mangsir 26 2069
Check your HSEB Result of Class 12(Science;) online here with marks
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Education
0 comments