Freesansar

www.freesansar.com
December 02,2012

NCELL को अर्को टावरमा पनि तोडफोड

Updated on:  Saturday, December 22, 2012

निष्काशित कर्मचारीहरुलाई पुनर्वहाली गर्नुपर्ने माग गर्दै आन्दोलनरत अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको एक टोलीले एनसेलको अर्को टावरमा पनि तोडफोड गरेको छ |

यूनियनका अनुसार उक्त टोलीले सानो भर्‍याङस्थित केएटी ११९–२०३ आइडीको एनसेलको टावर ध्वस्त पारेको हो | टावर ध्वस्त भएपछि सानो भर्‍याङ, ठुलो भर्‍याङ र त्यसक्षेत्रको मोबाइल सेवा प्रभावित भएको खबर छ |

एनसेल र हेलो नेपालको साझा बहुराष्ट्रिय कम्पनी टेलियासोनेरा र हेलो नेपालका प्रवन्ध निर्देशक स्वस्तिका सुमार्गीले मजदुरहरुका मागहरुप्रति कुनै वास्ता नगरेको कारण संघर्षका थप कार्यक्रम घोषणा गर्नु परेको उनीहरुको दावी छ ।


४/४ वर्ष सम्म प्राविधिक तथा अप्राविधिक क्षेत्रमा बिना नियुक्तिपत्र काम गरेका कर्मचारीले नियुक्तिपत्र मागेपछि हेलो नेपालबाट गएको जेठ देखि अहिले सम्ममा ८७ जना कर्मचारी जबर्जस्ति निष्काशनगरिएपछि आन्दोलन सुरु गरिएको महासंघले दाबी गरेको छ |

गत मंसीर २० गते निष्काशित कर्मचारीको पुनर्बहालीको माग राख्दै ज्ञापनपत्र बुझाएका कर्मचारीले १ साताको अल्टिमेटम दिएका थिए |

आफ्नो माग पुरा नभएको भन्दै गत बुधबार पनि बुद्धनगरमा रहेको एक टावरको तार काटी टावर तोडफोड गरेका थिए |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items