२०५७ देखिको SLC को प्रमाणपत्र वेबसाइटमा
Updated on: Sunday, December 23, 2012
परीक्षा नियन्त्रण कार्यालयले २०५७ साल देखि २०६८ सम्मका परीक्षार्थीहरुको SLC को प्रमाणपत्र इन्टरनेटमा राखिदिएको छ |
करिब २७ लाख SLC उतिर्ण बिध्यार्थीहरुको प्रमाण पत्र इन्टरनेटमा राखिएपछि आफ्नो प्रमाणपत्रको भेरिफिकेसनका लागि परिक्षा नियन्त्रण कार्यलयमा गएर निबेदन दिई कुर्नु पर्ने बाध्यताको अन्त्य भएको छ |
कार्यालयले सुरु गरेको यो अनलाइन भेरिफिकेसनले गर्दा बिदेशी दूतावासलगायतलाइ पनि निक्कै सहयोग पुग्ने छ |
गोरखापत्रका अनुसार विभिन्न संस्था, नेपालस्थित विदेशी दूतावासलगायतमा जागिरका लागि आवेदन दिएकाहरुको एसएलसी परीक्षाको प्रमाणपत्र सक्कल हो वा होइन भनेर सस्था अनि बिदेशी दुताबासले परिक्षा नियन्त्रणको कार्यालयमा प्रमाणिकरणका लागि नियमितजसो नै पठाउने गरेको छ |
अब प्रमाणपत्र सहि हो की गलत भन्ने बारेमा प्रमाणपत्र प्रमनिकरंको लागि कार्यालयमा पठाउनु पर्ने छैन | परिक्षा नियन्त्रणक कार्यालयको वेबसाइट मा गएर हेर्न सकिने भएको छ |
कार्यालयको वेब साइट soce.gov.np मा गएर Record Verification मा क्लिक गरेपछि सम्बन्धित व्यक्तिको सिम्बोल नम्बर र जन्ममिति अनि परिक्षा दिएको वर्ष राखेपछि उक्त प्रमाणपत्र प्रमाणित गर्न सकिन्छ |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Education
0 comments