फिर्ता भो बिहीबारको बन्द
Updated on: Wednesday, January 2, 2013
आफ्ना कार्यकर्ता प्रहरीको नियन्त्रणमा रहेको भन्दै रिहाइको माग गर्दै शिवसेना नेपालले गर्न लागेको बिहीबारको बन्द फिर्ता लिने भएको छ |
नागरिक दैनिकमा आक्रमण भएपछि आक्रमणमा संलग्न शिवसेना नेपालका कार्यकर्तालाई प्रहरीले पक्राउ गरको थियो |
प्रशासन कार्यालयले प्रहरी नियन्त्रणमा रहेका कार्यकर्ताको रिहाइ गरिदिने आश्वासन दिएपछि `शिवसेनाले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै आह्वान गरेको बन्द फिर्ता लिने भएको हो |
काठमाडौंका प्रमुख जिल्ला अधिकारी चुणामणि शर्माको रोहबरमा बुधबार वार्ता भएको थियो | आजै शिवसेना नेपालले नागरिक दैनिक को कार्यालयमा भएको आक्रमणमा माफी माग्दै अब यस्तो घटना नदोर्याउने प्रतिवद्धता जनाएको छ |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments