कोहि त भैसी ताराघाट .. स्वर्गीय पत्रकार डेकेन्द्र थापाको गित ( भिडियो सहित )
Updated on: Friday, January 18, 2013
दैलेखमा जिउदै पुरेर हत्या गरिएको भनिएको डेकेन्द्र थापाले कुनै समयमा कर्णालीको तिरमा बसेर गित गाएका थिए | ख्यालख्यालैमा गाएको गित खिचेका थिए ध्रुव बस्नेतले |
डेकेन्द्रको हत्यालाई लिएर हंगामा भैरहेको बेलामा अहिले ध्रुब बस्नेतले यो गित यु ट्युब मार्फत सार्बजनिक गरका छन् |
कर्णालीको किनारमा रहेको ढुंगामा बसेका डेकेन्द्रलाइ ढाका टोपी र खैरो इस्टकोटमा देख्न सकिन्छ | उनले गाएको दैलेखी भाकाको गित २ मिनेट २१ सेकेन्डको छ | हेर्नुहोस उनले उनको यो भिडियो ...
कोही त भैंसी ताराघाट,
धान पहेंलै मकै सेता
कोही त भैंसी वरम भिनाजु,
घुम कर्णाली फर्की यता
फाटेका टपरी चन,
धान पहेंलै मकै सेता
क्या भई मेरा कर्म भिनाजु,
घुम कर्णाली फर्की यता...
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags:
0 comments