चिसोको कारण सूचना जारी गरेर विद्यालय बन्द
Updated on: Wednesday, January 9, 2013
विराटनगर, २५ पुस । चिसो अत्यधिकबढेको भन्दै जिल्ला शिक्षा कार्यालय मोरङले आज देखि पुष २९ गते सम्मको लागि निजी तथा सामुदायिक विद्यालय बन्द गर्न सुचना जारि गरेको छ ।
चिसोको कारण पठनपाठनमा निक्कै गाह्रो भए पछि अभिभावकले नै आफ्ना बच्चाहरुलाई बिद्यालय पठाउन छाडेका छन् ।
बिद्यार्थीको उपस्थिति कम हुदै गएको साथै अभिभावकले पनि बिद्यालय बन्द गर्न आग्रह गरे पछि विद्यालय बन्द गर्न निजी तथा सामुदायिक विद्यालयलाई उक्त सूचना जारी गरिएको हो ।
बिगत केहि दिन देखि नेपालमा निक्कै चिसो बढेको छ | काठमाडौँमा हिजो बेलुका यो बर्षकै अत्यन्त न्यून तापक्रम माइनस २ डिग्री थियो भने आज अझै बढ्न सक्ने अनुमान छ |
तस्बिर: गूगल
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Society
0 comments