Freesansar

www.freesansar.com
December 02,2012

नेपाल टेलिभिजन र एनटीभी प्लस पनि बन्द

Updated on:  Wednesday, January 16, 2013

केहि समय अघि ईमेज च्यानल बन्द गरेको निजी केबुल संचालकहरुको एउटा समूहले मंगलबार फेरी नेपालको पहिलो सरकारी टेलिभिजन एनटीभी र यसैको एनटीभी प्लस प्रशारण पनि केबुलबाट बन्द गरेको छ |

नेपाल केबल टेलिभिजन महासंघका उपाध्यक्ष सुधिर पराजुलीका अनुसार 'राष्ट्रिय प्रशासरण नियमावली छैठो संसोधन जारी गरेको' बिरोधमा यी च्यानलहरु बन्द गरिएको हो |


उनका अनुसार संचार मन्त्रालयलाई बुझाएको १७ बुदे माग पत्र बारे ७ दिनभित्र सम्बोधन नभए थप नेपाली च्यानलको प्रसारण पनि बन्द गर्ने निर्णय भएको छ |

सुबिसु केबुल संचालन गर्दै आएका पराजुली संयोजक रहेको केबुल टेलिभिजन महासंघको ५ सदस्यीय संघर्ष समितिले आइतबार बेलुका ५ बजे देखि इमेज च्यानलको प्रसारण बन्द गरेको थियो |

बुधबार सम्ममा देश भरका ९० % निजि केबुलमा इमेज च्यानल, नेपाल टेलिभिजन र एनटीभी प्लस को प्रसारण बन्द गरिएको पराजुली बताउछन |


टेलिभिजनको प्रशारण अबरुद्ध गरेको मा विरोध

निजि केबुलमा इमेज च्यानल, नेपाल टेलिभिजन र एनटीभी प्लस को प्रसारण बन्द गरिएकोमा संचार संग सम्बन्धि संग सस्थाले बिरोध गरेका छन् |

टेलिभिजन ब्रोडकास्टर्स नेपाल, नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एशोशिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघले संयुक्त विज्ञप्ति निकालेर टेलिभिजनको प्रशारण अवरुद्ध हुनु दुखद भएको बताएका छन् ।

टेलिभिजन प्रसारक संस्थाका सिग्नल निर्वाध रुपमा वितरण गर्ने मात्र उद्देश्य भएका केवुल अपरेटरहरुले टेलिभिजन च्यानलका सिग्नल नै बन्द गर्ने बदनियतपूर्ण व्यवहार देखाएपनि सूचना तथा सञ्चार मन्त्रालय मुकदर्शक बनेको विज्ञप्तिमा उल्लेख छ ।

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items