Freesansar

www.freesansar.com
December 02,2012

किन रोकियो त इमेज टेलिभिजनको प्रसारण ?

Updated on:  Monday, January 14, 2013


आइतबार आफ्नो वार्षिक उत्सब मनाइरहेको बेलामा बेलुका ५ बजेतिर देखि इमेज च्यानलको प्रसारण रोकिएको छ |

केहि केवल सेवा प्रदायक हरुले आफ्नो प्रशारण रोकेको भन्दै इमेज च्यालान्ले आपत्ति जनाएको छ | इमेज च्यानलले आफ्नो सेवा नियमित रहेको बताउदै केहि केवल च्यानलले मात्र आफ्नो प्रशारणमा अबरोध गरेको जनाएको छ |

किन र कसको आदेशमा यसरि प्रसारण रोकियो भन्ने बारेमा इमेज च्यानललाई पनि कुनै जानकारी नभएको टेलिभिजनको समाचार प्रमुख महेन्द्र विष्ट बताउछन |


प्रसारण रोकिएको जानकारी पाएपछि सोधपुछ गर्दा कतै बाट पनि स्प्रष्ट जवाफ नआएकोले यो कुरा संकास्पद नै रहेको इमेज च्यानल स्रोत बताउछ |


उता नागरिक समाचारले भने सरकार बिरोधि समाचार प्रसारण गरेकोले केबुल नेटवर्कलाइ प्रसारण बन्द गर्न दबाब आएको र सोहि अनुरुप प्रसारण रोकिएको समाचार मा उल्लेख गरेको छ |

प्रसारण रोकेको घटनाको बिरोध गर्दै प्रेस चौतारी नेपालले विज्ञप्तीमा जारी गरेको छ | विज्ञप्तीमा भइएको छ कि प्रेस चौतारी संगठन कुनै पनि रुपमा सञ्चारमाध्यममाथि सेन्सरसीप लगाउने, उनीहरुको स्वतन्त्रता संकुचन गर्ने र नागरिकको सुसूचित हुने पाउने हकलाई कुण्ठित हुने कार्य नगर्न सम्बन्धित सबैलाई आग्रह गर्दछ ।

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items