Freesansar

www.freesansar.com
December 02,2012

बुधबारदेखि सबै सञ्चारमाध्यम बन्द गरिने

Updated on:  Tuesday, January 8, 2013

सुर्खेत, २४ पुस । जिल्लामा रहेका सञ्चार माध्यमका लागि आज बेलुकासम्म उपयुक्त विद्युत्भार कटौती तालिका सार्वजनिक नगरिए बुधबारबाट यहाँका सम्पूर्ण सञ्चार माध्यम बन्द गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घको अगुवाइमा सोमबार विद्युत् प्राधिकरणमा ज्ञापनपत्र बुझाउँदै पत्रकारहरुस्ले यस्तो बताएका हुन् ।

जिल्लामा नौवटा दैनिक पत्रिकासहित चारवटा रेडियो स्टेशन सञ्चालनमा छन् । दैनिक १२ घन्टाभन्दा बढी विद्युत् कटौतीले सञ्चार माध्यम सञ्चालन गर्न कठिन भएपछि सरकारलाई दबाब दिन सञ्चार माध्यम बन्द गर्न लागिएको पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष दुर्गा थापाले बताउनुभयो ।

हालको तालिकाअनुसार मङ्गलबार र बिहीबार पत्रिका प्रकाशन नहुने अवस्थामा छ । “अत्यधिक विद्युत्भार कटौतीका कारण सञ्चार माध्यम सञ्चालन गर्न कठिन भएको छ” अध्यक्ष थापाले भन्नुभयो, “आज साँझसम्म प्राधिकरणले सहज तालिका सार्वजनिक नगरेमा बुधबारबाट सबै सञ्चारका माध्यम बन्द हुन्छन् ।”

महासङ्घको अगुवाइमा भएको आन्दोलनको कार्यक्रममा सबै पत्रिका, रेडियो, केबुल टेलिभजन र केबुल सञ्चालकले ऐक्यबद्धता जनाएका छन् ।

आन्दोलनका कार्यक्रमअनुसार बुधबारदेखि जिल्ला बाहिरबाट आउने पत्रपत्रिका पनि बिक्री वितरणमा रोक लगाइने छ । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items