Freesansar

www.freesansar.com
December 02,2012

सञ्जय दत्तलाई पाँच वर्ष जेल सजायको फैसला

Updated on:  Thursday, March 21, 2013

Sanjay Dutt gets 5 years in jail in 1993 Mumbai blasts case

अदालतले बलिउडका नायक सञ्जय दत्तलाई ५ बर्ष कैद बस्ने आदेश दिएको छ । उनलाई सन् १९९३मा मुम्बईमा भएको शृंखलाबद्ध बम बिस्फोटमा सहयोग गरेको आरोप छ र सोहि आरोपमा यस अघि उनलाई १८ महिना हिरासतमा राखिएको थियो |

२० बर्ष अघि सन् १९९३ मार्च २० को दिन मुम्बईमा शृंखलाबद्ध बिस्फोट हुँदा दुईसय ५७ जनाको मृत्यु भएको थियो |
 संजय दत्तले भने सो आक्रमणमा हतियार राखिदिएर सहयोग गरेको आरोप उनलाई लगाइएको थियो |

दत्तका शुभचिन्तकलाई निराश तुल्याउदै आज भारतको सर्वोच्च अदालतले मुद्दाको अन्तिम फैसला गर्दै ५ बर्षको जेल सजाय सुनाएको छ | मुम्बईको उक्त हमालको आरोपमा दत्तले १८ महिना र केही दिन जेलमा बिताइसकेको हुनाले अब लगभग साढे तीन वर्ष अझै जेलमा बस्नुपर्नेछ । उनलाई भारतको सर्वोच्चले एक महिनाभित्र आत्मसमर्पण गर्न आदेश दिएको छ ।

संजय दत्तको यो मुद्दाको फैसला आज आउने भएपछि मुम्बईमा सुरक्षा सतर्कता बढाइएको थियो । सञ्जयले पनि आफ्ना सबै सुटिङ रद्द गरेर घरमै बसिरहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

अदालतले मुम्बईको उक्त घटनामा संलग्न १२ जनालाई यसअघि नै मृत्यु दण्ड फैसला सुनाएको थियो भने २० जनालाई आजिवन काराबासको सजाय सुनाएको थियो साथै अन्य ६८ जना आरोपीलाई अदालतले बिभिन्न् अवधिको जेल सजाय सुनाएको थियो ।

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items