Freesansar

www.freesansar.com
December 02,2012

लोकमानलाइ झड्का, नियुक्ति रोक्न सर्बोच्चको आदेश

Updated on:  Friday, March 22, 2013

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्न चार दलले सिफारिस गरेपछि सर्वोच्च अदालतले नियुक्ति रोक्न अन्तरिम आदेश जारि गरेको छ |

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कार्कीलाई नियुक्त गर्न प्रमुख चार दल सम्मिलित उच्चस्तरिय राजनीतिक समितिले अन्तरिम चुनावी मन्त्रिपरिषदलाई सिफारिस गरेका थिए |

चार दल सम्मिलित आयोगको यस्तो सिफारिश गरेपछि बुधवार नियुक्ती रोक्न माग गर्दै अधिबक्ता ओमप्रकाश अर्यालले सर्बोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश सुशीला कार्कीको एकल इजलासले आगामी चैत २५ गतेसम्मका लागि नियुक्तीको प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो ।

साथै सर्बोच्चले चैत २५ गते छलफलको लागि सर्बोच्चमा उपस्थित हुन विपक्षीलाइ पनि आदेश दिएको छ |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items