टेम्पोको डण्डीमा ठोक्किएर उप–सचिवको मृत्यु
Updated on: Tuesday, March 19, 2013
आज बिहान ज्ञानेश्वरस्थित रातोपुल नजिकै टेम्पोको डन्डीमा ठोक्किएर घाइते भएका अर्थ मन्त्रालयका उप–सचिव ज्ञानराज श्रेष्ठको मृत्यु भएको छ ।
५५ बर्षीय उप–सचिव श्रेष्ठको उपचारको क्रममा आज बिहान १० बजे थापाथलीस्थित नर्भिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ |
बानेश्वर बस्दै आएका उपसचिव श्रेष्ठ बिहान रत्नपार्कबाट सिनामंगलतर्फ गइरहेको बा.१ ह ३६५१ नम्वरको सफा टेम्पोमा चढेका थिए | अचानक टेम्पोको झ्यालमा टाउको ठोकिएपछि उनि अचेत भएका थिए |
अचेत हुने बित्तिकै उनलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो |
प्रहरीले काभ्रे घर भइ जोरपाटीमा बस्ने ३० बर्षीय टेम्पो चालक अशोक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments