नेपाली चेलीमाथि कुवेतमा बलात्कारको प्रयास
Updated on: Monday, April 1, 2013
कुवेतमा एक नेपाली युवतीमाथि बलात्कारको प्रयास भएको छ | कुवेतको फरवानियामा दुई अज्ञात पुरुषले बलात्कारको प्रयास गरेका गरेको त्यहाको एक पत्रिकाले जनाएको छ ।
स्थानीय अल वातान अरेबिक दैनिकका अनुसार आफ्नो निवास फर्कदै गर्दा नेपाली युवती ती दुइ युवकले पछ्याएका थिए | सुरुमा ती युबकहरुले सित्तैमा घर सम्म पुर्याउने प्रस्ताब राखेका थिए | तर नेपाली युवतीले उनीहरुको प्रस्ताब अस्विकार गरेर पैदलै हिड्न थालेपछि ती युबक गाडीबाट ओर्लेर युवतीलाई समाती हात बाँधेर गाडीमा राखी सुनसान मरुभूमितिर लागेका थिए |
बलात्कारको प्रयास गर्दा प्रतिकार गर्दै चिच्याएपछि उनीहरुले छाडेर गएका नेपाली युवतीले प्रहरीलाई बताएकी छिन् | नेपाली युवतीले दिएको जानकारीलाई आधार बनाएर त्यहाको प्रहरीले कार र अभियुक्तहरुको खोजि गरिरहेको छ |
nepali-on-Kuwait
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Prabas
0 comments