नेपालले जित्यो,सेमी फाइनलमा प्रवेश
Updated on: Sunday, March 31, 2013
एसीसी ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई पराजित गरेको छ | नेपालले २११ रन को लक्ष्य दिएको थियो भए सिंगापुरले मात्र ८९ रन बनाउन सक्यो | यसरि नेपालले १२१ रनले सिगापुरलाइ पराजित गरेको छ |
यो हार संगै अब सिंगापुर समूहको अन्तिम स्थानमा रहेको छ |
२ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले १५ ओभर १ बल खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र ८९ रन मात्र जोड्न सफल रह्यो । सिंगापुरका लागी कप्तान साद जनजुआले २० रन जोड्नु बाहेक अन्य ब्याट्स्म्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सिंगापुरका लागी अमजाद मेहबुबले १६ रन, सिन्धेले १५ रन, सोयब रज्जाकले १२ रन जोड्नु बाहेरक अन्यले दोहोरो अंक जोड्न सकेनन् । सिंगापुरलाई उक्त स्कोरमा समेट्नका लागि शक्ति गौचन र बसन्त रेग्मीले समान २-२ विकेट लिएका थिए भने चन्द्र साउद, पारस खड्का, सागर पुन, पृथु बास्कोटाले समान १-१ विकेट हात पारेका थिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्दारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १० रनको विशाल योगफल तयार गरेको थियो । नेपालका लागी बिनोद भण्डारीले ४३ बलमा ५४ रन, पारस खड्काले २५ बलमा ४४ रन, ज्ञानेन्द्र मल्लाले ११ बलमा ३० रन, प्रदीप ऐरेले ३२ बलमा ३० रन, सरद भेस्वाकरले ११ बलमा २६ रन, पृथु बास्कोटाले ४ बलमा ९ र सुवास खकुरेलले ३ बलमा ५ रन जोडेका थिए ।
जितसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
Nepal-in-semis-beating-Singpore-by-121-runs
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Sports
0 comments