यस्तो देखिन्छ फेसबुकको नया डिजाइन | Get The New Facebook News Feed
Updated on: Friday, March 8, 2013
पछिल्ला दिनमा निक्कै प्रिय बनेको सोसल मिडिया फेसबुकले आफ्नो नया डिजाइन प्रस्तुत गरेको छ | प्रस्तुत नया डिजाइनमा फेसबुकले टाइमलाइन र न्युजफिडमा ठुलो परिवर्तन ल्याएको बताएको छ |
नया डिजाइनमा फेसबुकले प्रयोगकर्तालाई सजिलो हुने गरि आफुले चाहेको फिड पाउने व्यवस्था गरेको छ | आफुसंग जोडिएका सबै साथीहरुको सबै गतिबिधि थाहा पाउने गरि तयार गरिएको यस न्युज फिडलाइ मल्टिपल फिड पनि भनिएको छ |
अहिलेको टाइमलाइन डिजाइनमा कम्प्युटरको डिस्प्लेको आकार सानो भएका धेरै प्रयोगकर्ताले च्याटबार देख्न सक्दैनथे तर अबको नया डिजाइनमा यो समस्या समाधान हुने फेसबुकले बताएको छ |
तर सबैलाई यो डिजाइन भने उपलब्ध भएको छैन |
कसरि प्राप्त गर्ने त यो यो डिजाइन
यो डिजाइन प्राप्त गर्नको लागि यहाँ क्लिक गर्नुहोस
अब “Join Waiting List” भनेको ठाउमा क्लिक गर्नुहोस | अब यस्तो म्यासेज देख्नु हुनेछ |
तपाइको पालो आए पछि टाईमलाइन को माथि म्यासेज देखा पर्नेछ | र तपाईंले त्यहाँ ज्वाइन गर्न सक्नुहुने छ र फेसबुकको नया डिजाइन प्रयोग गर्न सक्नुहुनेछ |
-एजेन्सीको सहयोगमा
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Technology
0 comments