जल्यो रोकिराखेको ट्रक
Updated on: Wednesday, November 14, 2012
कात्तिक २९ – सडकको पेटीमा रोकिराखिएको एउटा ट्रकमा आगो लागेको छ ।
वीरगन्ज उपमहानगरपालिका छपकैयास्थित इदगाह चोकको मुख्य सडकमा रोकिराखिएको ना२ख ८५५२ नम्बरको खाली ट्रकमा मङ्गलबार आगो लागेको हो ।
आगलागीबाट ट्रकमा सामान्य क्षति पुगेको सामुदायिक प्रहरी छपकैयाले जानकारी दिएको छ ।
ट्रकमा राखिएको ब्याट्री सर्ट भएर आगो लागेको बताइएको छ । प्रहरीको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । रासस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments