पचास बर्षकी भइन डेमी मूर
Updated on: Sunday, November 11, 2012
हलिउड अभिनेत्री डेमी मूरले आफ्नो जीवनको पचासौ बसन्त आजबाट पर गरेर ५१ बर्षमा प्रवेश गरेकी छिन । आजकै दिन अर्थात् November 11, 1962 मा उनको जन्म न्यू मेक्सिकोको Roswell शहरमा उनको जन्म भएको थियो ।
मूरले अभिनेत्रीका अलावा मोडेलिंगका साथसाथै निर्माता निर्देशक तथा गीतकारको रुपमा पनि हलिउडमा काम गरिसकेकी छिन । आउनुहोस् आजको दिनमा हामी उनलाई जन्मदिनको शुभकामना दिंदै उनीसंग तपाईलाई केहि नजिकबाट परिचित गराउनेछौं ।
डेमीले १६ बर्षको उमेरमा मोडेलिंगमा पाइला राखेकी थिइन ।
सन् १९८० मा नै उनि १८ बर्षकी हुँदा उनले 'OUI' म्यागेजिनको लागि न्युड पोज दिएकि थिइन ।सन् १९८० मा उनले १८ बर्षको उमेरमा गायक फ्रेडी मूर संग बिबाह गरिन जो डेमीभन्दा १२ बर्ष जेठा थिए । यो बिबाह चार बर्षसम्म मात्र रह्यो र चार बर्षमा नै मूर जोडीको बिबाह टुट्यो ।
उनले सन् १९८१ मा फिल्म 'च्वाइसीस'(Choices)बाट आफ्नो फिल्मी करियर सुरु गरिन । यद्यपी यो त्यति सफल सकेन तर सन् १९८२ मा उनले फेरी 'प्यारासाइट'(Parasite) नामको फिल्ममा अभिनय गरिन । उनको यो फिल्म चाही हिट भयो र यसले ७ मिलियन डलर कमायो ।
सन् १९८६मा रिलिज भएको फिल्म 'अबाउट लास्ट नाइट' को पात्र 'डेबी'ले उनलाई अझ बढी चर्चित गराएको थियो ।
सन् १९८७मा मूरले फेरी अभिनेता ब्रूस विलिससंग बिबाह गरिन । यो जोडीले तिन छोरीलाई जन्म दियो । तर दुर्भाग्य यो जोडी पनि सन् २००० मा नै टुट्यो ।
सन् १९९१मा 'Vanity Fair' म्यागेजिनको लागि न्युड फोटोशूट गराइन जुन खुबै अलोचित भएको थियो ।
एक्टिंगमा लामो ब्रेक पछी मूरले सन् २००३ मा फिल्म 'चार्लीज एंजल्स: फुल थ्रोटल'बाट भिलेनको रुपमा कमब्याक गरिन ।
सन् २००५मा मूरले अभिनेता एस्टन कचरसंग दुइ बर्षको डेटिंगपछी बिबाह गरिन । तर अहिले भने दुबैले सार्वजनिक रुपमा उनीहरुको सम्बन्ध टुटिसकेको घोषणा गरेका छन् ।
डेमी मूरलाई हामी फेरी एकपटक भन्न चाहन्छौं "Happy Birthday to You Demi Moore !"
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Entertainment
0 comments