थापालाई प्रधानमन्त्री बनाउदा प्रचण्ड र बाबुरामले सहयोग गर्ने
Updated on: Wednesday, November 28, 2012
१३ मंसीर, काठमाडौँ: नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्यले रामबहादुर थापालाई प्रधानमन्त्री बनाउने भए एकीकृत नेकपा माओवादीका अध्यक्षले समर्थन गर्ने जानकारी आफुले पाएको बताएका छन् |
मङ्सिर १३ मा मा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष वैद्यले पार्टी महासचिव रामबहादुर थापालाई सहमतीय सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताबलाइ अध्यक्षसंगै प्रधानमन्त्री बाबुराम भट्टराईले पनि समर्थन गर्ने बताएको कुरा जानकारी दिए |
उनले सहमतिको सरकार गठन हुनु अघि नै नयाँ संविधानका अन्तरबस्तुमा पनि सहमति हुनु पर्ने धरान व्यक्त गरे | मुलुकको समस्या समाधान गर्नको लागि मुख्य मानिएका तिन दल बाधक भएको पनि उनले बताए |बैद्यले भने तिन दलले मात्रै गरेको निर्णय नेकपा- माओवादीलाई मान्य हुदैन |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments