Freesansar

www.freesansar.com
December 02,2012

यस्तो छ संसारकै सानो कुकुर (फोटो फिचर )

Updated on:  Monday, November 12, 2012


संसारमै सबै भन्दा सानो कुकुर कत्रो होला त अनुमान लगाउनु होस् त |

बेलायतमा जन्मिएको एक कुकुरको उचाई मात्र ७ सेमी छ भने लम्बाई केवल १२ सेमी मात्र छ |

तिन महिना अघि जन्मिएको उक्त कुकुरलाइ मेसी (Meysi) नाम दिइएको छ | टेरियर जातको यो कुकुर अन्य भन्दा निक्कै नै सानो छ |

डेलिमेल मेसी जन्मदा यसको तौल मात्र ४५ ग्राम रहेको थियो | त्यसैले यसको धनिले यो बाच्ला भन्ने आश नै नगरेको बताएको थिए |


अहिले जन्मेको ३ महिना पछि पनि यसको तौल २५० ग्राम मात्र रहेको छ र अब यसको तौल धेरै बढ्ने जस्तो पनि देखिएको छैन |




यो कुकुरलाई बिश्वकै सानो कुकुरको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समाबेश गर्न लागिएको भएपनि गिनिजको नियम अनुसार १२ महिना पुगेपछि मात्रै रजिस्टर गर्न मिल्ने भएकोले यो १२ महिना पुगेपछि गिनिजमा रेकर्ड हुनेछ |

अहिले अमेरिकाको बू हू नामक एक कुकुर सबै भन्दा सानो कुकुरको रुपमा गिनिज रेकर्डमा दर्ता छ | उक्त कुकुर सन् २००७ मा गिनिजमा रेकर्ड भएको थियो |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items