मोटरसाइकल दुर्घटनामा घाइते एकको मृत्यु
Updated on: Monday, November 19, 2012
गोलबजार (सिरहा), ४ मङ्सिर । शिक्षामन्त्री दीनानाथ शर्मालाई स्वागत गरेर बडहरामालबाट फर्किने क्रममा ज३प १६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर घाइते एक माओवादी कार्यकर्ताको आज बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा पिप्रा (प्रपि)–४ का ४० वर्षीय गङ्गाराम यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यादवको उपचार सिरहामा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो हस्पिटल पु¥याइएको थियो ।
चौहर्वा सडकखण्डको नहरामा यादव चढेको मोटसाइकल दुर्घटनाग्रस्त भएको थियो । रासस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments