Freesansar

www.freesansar.com
December 02,2012

कसैलाई केहि नगर्नु भन्दै प्रहरी हवल्दारद्वारा आत्महत्या

Updated on:  Monday, November 19, 2012

कञ्चनपुर, ४ मङ्सिर । तिहारको बिदामा डेरामा आएका सशस्त्र प्रहरीका हवल्दार मानसिंह ऐरीले आफ्नै कोठामा गए राति आत्महत्या गरेका छन् ।

सुडा गाविसस्थित सिसैया बजार नजिकै डेरा गरी परिवारसहित बस्दै आएका कैलाली टीकापुरस्थित उग्रतारा गणमा कार्यरत सहस्त्र प्रहरी हवल्दार ऐरीले श्रीमतीसँगको सामान्य विवादमा आत्महत्या गरेको हुन सक्ने आङ्शका गरिए पनि आत्महत्याको कारण खुल्न नसकेको सुडा प्रहरी चौकीले जनाएको छ ।


हवल्दारले आत्महत्या गरेको कोठामा उनले एउटा कागजमा ‘मैले पाउने रकम मेरो श्रीमतीलाई दिइदिनू र कसैलाई केही नगर्नु ’ भनेर लेखेर छाडेको भेटिएको सुडा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सुधा रानाले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि भीमदत्तनगरगरस्थित महाकाली अञ्चल अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items