Freesansar

www.freesansar.com
December 02,2012

कहिले हुन्छ त नेपालमा लोडसेडिङको अन्त्य ?? (With Video)

Updated on:  Monday, November 19, 2012


भन्न नै लाज मान्नु पर्ने भएको छ "नेपाल जलस्रोतमा बिश्वकै दोस्रो धनि देश हो" भनेर | कुनै पनि समुन्द्र संग सिमाना नजोडिएको भए पनि,नेपाल वास्तबमै जलस्रोतमा बिश्वकै दोस्रो धनि देश हो तर यहाकै जनता खानेपानी अनि बिजुलीको अभाबमा रहनु परेको छ |

गतिला नेताको हातमा सत्ता नपर्नु, नेताहरुले जहाँ पनि राजनीति गर्न खोज्नु, आफुले पैसा नपाए कुनै पनि आयोजनालाइ बिथोल्ने काम गर्ने प्रवित्ति नेताहरुमा हाबी हुनु, जे काम गर्दा पनि घुस नखाई काम नगर्ने बानि सरकारी कर्मचारीमा हाबी हुनु नै यहाको प्रमुख समस्या रहेको छ |


बिबिसी को साझा सबालको २६२ औं भागमा नेपाल भइरहेको लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने बारेमा चर्चा गरिएको छ | हेर्नुहोस साझा सवालको यो सृंखला.....

यसमा बिद्युत प्राधिकरणका पूर्व प्रमुख भन्दै छन् " नेपाल जलस्रोत मा दोस्रो धनि देश भन्ने कुरा नै गलत छ | "

अहिले बन्दै गरेका जलविद्युत परियोजनाहरूमध्ये सबैभन्दा ठूलो क्षमताको विजुली उत्पादन गर्ने दोलखाको लामाबगरमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण जारी छ । नेपालीको मात्र लगानीमा बनिरहेको माथिल्लो तामाकोशीको निर्माण तीन बर्षभित्र सम्पन्न गर्ने सरकारी लक्ष्य छ । सधै लोडसेडिङ भइरहने नेपालमा यस्ता ठूला ठूला परियोजना कसरी बन्दैछन्? कहिले अन्त्य होला त लोडसेडिङ? साझा सवालमा आज हामी नेपालमा जलविद्युतको सम्भावना र विकासको बारेमा छलफल गर्दैछौं । दोलखाको सदरमुकाम चरिकोटमा तयार गरिएको यो साझा सवालको छलफलमा उर्जा मन्त्रालयका प्रवक्ता अनुपकुमार उपाध्याय, जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव अर्जुन कार्की र जलस्रोतका अनुसन्धाता डा. उपेन्द्र गौतम हुनुहुन्छ ।

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items