नेपालमा गेसपेपरमाथि पनि प्रतिबन्ध
Updated on: Wednesday, December 5, 2012
बिद्यालयमा जंक फुड माथि प्रतिबन्ध लगाउने निर्णय गरेको केहि समयमै सरकारले कक्षा १० देखि १२ सम्म गेस पेपरमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ |
गेसपेपरको कारणले बिद्यार्थीको पढाइमा असर परेको पढाईमा ह्रास आएको भन्दै सरकारले यस्तो निर्णय गरेको छ |
सरकारले अभिभावकको गुनासोलाई मध्यनजर राख्दै गेस पेपर प्रकाशन, बिक्री वितरण र प्रयोगमा रोक लगाउने मन्त्रीस्तरीय निर्णय गरेको हो | शिक्षा मन्त्रालयका अनुसार छापिएर बजारमा गएका गेस पेपर हरु पनि हटाउने तयारी भैरहेको छ |
सरकारले यो निर्णय भने केहि दिन मै सुचना निकालेर सार्बजनिक गर्ने पनि मन्त्रालयले जनाएको छ |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Education
0 comments