क्षमताभन्दा तेब्बर कैदीबन्दी
Updated on: Wednesday, December 5, 2012
ताप्लेजुङ, २० मङ्सिर । जिल्ला कारागारमा अहिले क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी छन् ।
पुरुषलाई मात्र राखिने २५ क्षमताको कारागारमा हाल ९६ कैदी तथा थुनुवा रहेको कारागार शाखाले जनाएको छ । कैदी तथा थुनुवामध्ये ६१ कैदी र ३५ थुनुवा छन् ।
सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दाका ३२ कैदी र १५ थुनुवा तथा ज्यान मार्ने उद्योगका नौ कैदी र आठ थुनुवा रहेको निमित्त कारागार प्रमुख तारा तामाङले जानकारी दिनुभयो ।
हिजोआज कारागारको क्षमताभन्दा बढी कैदी तथा थुनुवा भएकाले खानेपानीको ठूलो समस्या रहेको बताइएको छ । “हिउँदको मौसम भएकाले पानीको झन् समस्या बढ्दै जाने हुन्छ, पानीको व्यवस्थाबारे के गर्ने भन्ने विषयमा आफैँ अन्योल छ ” तामाङको गुनासो छ । रासस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments