Freesansar

www.freesansar.com
December 02,2012

पेट्रोल खन्याएर आगो लगाइएकी शिवाको मृत्यु

Updated on:  Wednesday, December 12, 2012


बिबाह गर्न नमानेको भन्दै पेट्रोल छर्किएर जिउदै जलाइएकी बर्दिया, गुलरियाकी किशोरी शिवा हास्मीको आज बिहान सात बजे काठमाडौँको वीर अस्पतालमा मृत्यु भएको छ |

गत मङ्सिर २४ गते विवाह गर्न नमानेको भन्दै हासमीलाई २३ बर्षीय भारतीय नागरिक बाबु खानले घर बाहिर निस्कदै गर्दा पेट्रोल छर्किएर आगो लगाएका थिए ।
आगोका कारण हासमीको शरीरको ९० प्रतिशतभन्दा बढी जलेको थियो ।घटना भए लगत्तै हासमीलाई जिल्ला अस्पताल बर्दिया लागिएको थियो |

त्यहाँ उपचार पछि उनलाई भेरी अंचल अस्पताल नेपालगंज लागिएको थियो | शनिबार देखि नै बोल्न छाडेकी उनलाई भेरी अस्पतालले थप उपचारको लागि अरु अस्पताल लैजान सुझाब दिएका थिए |

आर्थिक अभावको कारण उनको थप उपचार गर्न नसक्ने कुरा मिडियाबाट आएपछि विभिन्न ठाउँबाट सहयोग आउन थालेको थियो र सोमबार उनलाई काठमाडौँ ल्याइएको थियो | उनको सम्पूर्ण उपचार निशुल्क गर्न मुख्य सचिव लिलामणि पौडेलले निर्देशन पनि दिएका थिए ।

शिवाको अन्तिम सस्कार बर्दिया गुलरिया लगेर गरिने मृतकका भइ तनविरले बताएका छन् ।


यो पनि हेर्नुहोस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items