मनिषाको कलेजोमा पनि समस्या
Updated on: Wednesday, December 12, 2012
डिम्बासयको अप्रेसन गरेकी अभिनेत्री मनिषा कोइरालाको कलेजोमा समेत समस्या देखिएको रहस्य खुलाशा भएको छ |
गत मंसिर १० गते पेट दुखेर थापाथलीस्थित नर्भिक अस्पताल पुगेलगत्तै गरिएको परिक्षणमा डिम्बासयमा क्यान्सर र कलेजोमा समेत खराबी रहेको अस्पतालले परिवारलाई बताएको थियो ।
‘ल्याब रिपोर्टमा ओभरियन म्यालिग्यान्सी र कलेजो डिस्फङसनिङ भएको पाइएको थियो’ स्रोतले भन्यो-’ त्यो भनेको डिम्बासयमा क्यान्सर र कलेजोले काम गर्न छाडेको अबस्था हो ।’आजको नया पत्रिकामा खबर छ |
समाचार अनुसार सोचे भन्दै निक्कै खतरनाक रिपोर्ट आएकोले परिवारकै आग्रहमा उनको स्वास्थ्य अवस्था गोप्य राखिएको थियो | सार्वजनिक ब्यक्तिहरुको अस्पताल आउनसाथ बिज्ञप्तिमार्फत् जानकारी दिने नर्भिकले मनिषाको उपचारका क्रममा भने कुनै जानकारी दिएको थिएन |
मङ्सिर १२ गते सम्म नर्भिकमा राखेर उपचार गरे पछि उनलाई मुम्बइ स्थित जसलोक अस्पताल लागिएको थियो | त्यहाँ पुगेपछि मनिषालाइ क्यान्सर भएको खुलाइए पनि कलेजोमा खराबी देखिएको कुरा भने अहिले सम्म प्रकासमा आएको थिएन |
मनिषालाइ उपचारको लागि अमेरिका लैजानुको मुख्य कारण नै ककलेजोमा समस्या रहनु रहेको छ भन्ने स्रोत बताउछ |डाक्टरहरुका अनुसार धेरै मदिरा सेबन गर्ने हरुलाई कलेजोमा समस्या आउने गर्दछ |
मंगलबार करिब ६ घण्टा लगाएर न्यूयोर्कको म्यानहाटन मा रहेको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा शल्यक्रिया गरिएको थियो ।
फ्रीसंसार परिवार मनिषाको शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछ |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments