Freesansar

www.freesansar.com
December 02,2012

संसारकै सबै भन्दा बढी उमेरकी महिला कोपर को मृत्यु

Updated on:  Thursday, December 6, 2012

संसारकै सबैभन्दा जेठी जिबित महिलाको १ सय १६ बर्सको उमेरमा मृत्यु भएको छ | सन् २०११ मा संसारकै सबै भन्दा बढी उमेरको पदवी पाएर गिनिज बुकमा नाम समेत लेखाएकी बेस कुपरको मंगलबार मृत्यु भएको हो |

कुपरको छोराको अनुसार मंगलबार बिहान क्रिसमसको भिडियो हेरेकी कुपर एक्कासी बिरामी भएपछि उनलाई जर्जियाको एक नर्सिङ होममा लागिएको थियो र त्यहि उनको मृत्यु भयो |


उनले सन् २०११ जनावरीमा उनले संसारकै सबैभन्दै बढी उमेरकी महिलाको रुपमा नाम लेखाएकी थिइन | सोहि वर्ष मे महिनामा उनीभन्दा ४८ दिन बढी उमेरकी महिला ब्राजिलमा रहेको थाहा भए पनि टि मेलाको जुन महिनामा नै मृत्यु भएकोले उनको ताज खोसिएको थिएन |

कुपरको मृत्यु पछि अब संसारकै बृद्ध( बढी उमेरको जिबित महिलाको ) ताज अमेरिकाको डिना म्यानफ्रेडिनीले पाउने भएकी चिन , उनको उमेर १ सय १५ वर्ष छ |

अहिले सम्मको रेकर्डमा सबै भन्दा धेरै बर्ष बाच्ने व्यक्ति जेन्नी काल्मेट हुन् उनको १ सय २२ वर्षको उमेरमा १९९७ मा स्वर्गारोहण भएकी थिइन |



Oldest person in the world, 116, dies in Georgia

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items