Freesansar

www.freesansar.com
December 02,2012

बस र ट्रक जुध्दा एकको मृत्यु

Updated on:  Thursday, December 6, 2012


तुलसीपुर (दाङ), २१ मङ्सिर । बस र ट्रक एकआपसमा जुध्दा दाङमा आज एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ६९५० नम्बरको बस र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा२ख ९६४८ नम्बरको ट्रक आज बिहान ५ बजे बिजौरी गाविसको बेल्झुन्डी रङ्गशाला नजिकै ठोक्किएका थिए ।

दुर्घटनामा परी घाइते भएका ट्रकका चालक घोराही नगरपालिका–९ निवासी २७ वर्षीय माधव बुढाथोकीको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा परी घाइते भएका सोही ट्रकका सहचालक सोही ठाउँ निवासी २० वर्षीय खिमबहादुर डाँगीलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक गणेशविक्रम शाहले जानकारी दिनुभयो । बस चालक भने फरार रहेको जनाइएको छ । रासस

Bus and truck accident on dang

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items