Freesansar

www.freesansar.com
December 02,2012

उद्धारका लागि तीन सय सशस्त्र प्रहरी

Updated on:  Sunday, December 9, 2012


रत्ननगर (चितवन), २४ मङ्सिर । चितवनको कुरिनटारमा रहेको एकमात्र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्रले उद्धारका लागि ३०० भन्दा बढी सशस्त्र प्रहरी तयार पारेको छ ।

एक वर्षको अन्तरालमा सशस्त्र प्रहरी विपद् व्यवस्थापन केन्द्र चितवनले उन्नत किसिमको प्रशिक्षण दिएर ती प्रहरीलाई तयार पारेको हो ।


देशका कुनै पनि क्षेत्रमा बाढी पहिरो तथा सम्भावित विपद्मा परेका सर्वसाधारणको उद्धारका लागि खटिन उनीहरूलाई योग्य बनाइएको कुरिनटार केन्द्रका समादेशक दुर्गाबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रहरी हरेक क्षेत्रमा काम गर्न सक्ने बनाउन केन्द्रले काम गरिरहेको सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले बताउनुभयो ।

अहिलेसम्म छैटौँ ब्याज निकालिसकिएको र यो क्रम जारी रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा यही हप्ता ४५ जना तालिमबाट दीक्षित भएका छन् ।

गएको वर्ष मङ्सिरमा नेपाल सरकारले तालिम केन्द्र सञ्चालन गर्न स्वीकृति दिएको थियो ।

विसं २०६८ चैत २ गतेबाट विधिवत्रूपमा तालिम दिन सुरु गरेको केन्द्रले १५० भन्दा बढीको उद्धार गरिसकेको बताइएको छ । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items