विद्युत् चोरी गर्नेहरु पक्राउ
Updated on: Sunday, December 9, 2012
रौतहटको विभिन्न गाविसमा छापा मार्दा विद्युत् चोरी गर्दै गरेको अबस्थामा १० व्यक्ति पक्राउ परेका छन् |
नेपाल विद्युत् प्राधिकरण कार्यालय गौर शाखाले गठन गरेको विद्युत् चुहावट नियन्त्रण टोलीले बिद्युत चोरी गर्दै गर्दा उनीहरुलाई पक्राउ गरेको हो |
प्राधिकरणले छापा मार्न जनपद र सशस्त्र प्रहरीसँग समन्वय गरेको थियो | विद्युत् चुहावट नियन्त्रण टोलीले रौतहटको विर्ती प्रस्टोका, औरही, जमुनिया, पोखरभिन्डा, सन्तपुर दोस्तिया, विजयपुर, मर्यादपुरलगायतका गाविसमा छापामारेको थियो ।
बिद्युत चोरी गर्दै गर्दा पक्राउ परेका ती १० जनालाई जरिवाना गरिने प्राधिकरणको गौर शाखाले जनाएको छ |
जनपद र सशस्त्र प्रहरीसँग समन्वय गरी विद्युत् चुहावट नियन्त्रण टोलीले जिल्लाको विर्ती प्रस्टोका, औरही, जमुनिया, पोखरभिन्डा, सन्तपुर दोस्तिया, विजयपुर, मर्यादपुरलगायतका गाविसमा छापामारेको थियो ।
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments