Freesansar

www.freesansar.com
December 02,2012

प्रधानमन्त्रीले खाए मुसाको अचार र जाँड

Updated on:  Saturday, December 8, 2012

जनताको घरमा बास बस्ने अभियान थालेका प्रधानमन्त्री डा. बाबुराम भट्टराइले शुक्रबार कैलालीको टीकापुर स्थित मुक्तकमैया शिविर पुगेका थिए | त्यहाँ उनले ले मुसाको अचार, ढिकरी र जाँड खाएका छन् |

टीकापुर नगरपालीकाको विजयनगरका बाबुराम चौधरीको घरमा बसेका प्रधानमन्त्रीलाई थारु परम्परा अनुसार स्वागत सत्कार गर्नको लागि २ दिन देखि नै निकै तयारी गरिएको थियो |


थारु परम्परामा आफ्नो घरमा आउने पाहुनालाई मुसाको चटनी, जाँड तथा ढिकरीको परिकार खुवाई खुट्टा धोएर ढोग्ने चलन भए पनि प्रधानमन्त्रीले सामन्ती सस्कार नगराउनुहोस भन्दै खुट्टा धुन दिन मानेनन |

स्वागतको लागि तयार गरिएको जाँड हेर्दै आफुलाई मदिरा खाने बानि नभएको भए पनि सम्मानको लागि एक घुट्को लिने बताए |

प्रधानमन्त्रीले खानपान गरिसकेपछि बेलुका मुक्तकमैयाका समस्या तथा गुनासाहरु सुनेका थिए |

तस्बिर: नागरिक समाचार

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items