Freesansar

www.freesansar.com
December 02,2012

लोडसेडिङको समयावधि पुनः बढ्यो (तालिकासहित)

Updated on:  Friday, December 7, 2012

मंसिर २२ – नदीहरुमा पानीको जलस्तर घटेको भन्दै फेरि पनि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ बढाएको छ । नयाँ तालिका अनुसार अब दैनिक रुपमै १० घण्टा लोडसेडिङ हुने भएको छ । तर अत्याधिक चुहावट हुने फिडरहरुमा भने दैनिक १ देखि ६ घण्टासम्म थप लोडसेडिङ्ग हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणद्वारा विज्ञप्तिमा नदीहरुमा पानीको जलस्तर घट्न गएको तथा माग आपूर्तिमा असन्तुलन भएकाले साविकमा हुँदै आइरहेको लोडसेडिङ तालिका परिवर्तन गर्नुपरेको उल्लेख छ । उर्जा मन्त्रालयको नेतृत्वकर्ता समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले हिउँदमा लोडसेडिङ १२ घण्टा सीमित गर्ने घोषणा गर्ने जनाए पनि त्यसलाई नाघेर जाने सम्भावना बढेर गएको छ ।

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items