Freesansar

www.freesansar.com
December 02,2012

शरणार्थी शिविरमा आगलागी

Updated on:  Tuesday, December 4, 2012


भद्रपुर, १९ मङ्सिर । बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आज दिउँसो १ः३५ बजेदेखि भीषण आगलागी भइरहेको छ ।

उक्त शिविरका दुई दर्जनभन्दा बढी छाप्रो जलेर नष्ट भइसकेका छन् । आगो नियन्त्रणका लागि प्रहरीको टोली प्रस्थान गरिसकेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।



आगो नियन्त्रणका लागि भद्रपुर र दमकबाट दमकल पनि परिचालन भइसकेका छन् ।

आगलागीको कारणबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । बेलडाँगी शिविरमा आगलागीका घटना पटकपटक भइरहेका छन् । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items