२०१२ का उत्कृष्ट तस्बिरहरु ( फोटो फिचर )
Updated on: Tuesday, December 4, 2012
२०१२ साल सकिन लागेको छ | यो बर्षमा घटेका महत्वपुर्ण घटनाहरुको समिक्षा पनि धेरै ले गरिरहेका छन् | डिसेम्बर २१ को त्रासले धेरै मानिसहरुलाई अझै पनि तर्साइरहेको छ | आउनुहोस आज हामी तपाईहरुलाई २०१२मा घटेका केहि महत्वपूर्ण घटनाका तस्बिर हरु देखाउन गइरहेका छौ ...
निर्दयी मानिस
गत महिना गाजामा इजरायल बारम्बार बमबारी गरिरहेको थियो | त्यसै समयमा इन्टरनेटमा यो तस्बिरले निक्कै तहल्का मच्चाएको थियो |
प्यालेष्टाइनि मोटरसाइकलमा एक व्यक्तिलाई यसरि डोरीले बाँधेर सडकमा घिसार्दै लागिरहेका छन् | उनीहरुलाई लागेको थियो की उक्त व्यक्ति इजरायलि जासुस थियो |
यो मेरो जमिन हो, पख.. यता आइज त
ब्राजिलको उत्तरी अल्टामाराको विटोरिया डू जिंगू मा बेलो मोन्टे हाइड्रोइलेक्ट्रिक पावर प्लांट बनाउन लागिदै छ यो बिश्वकै तेस्रो ठुलो हाइड्रोइलेक्ट्रिक पावर प्लांट हुने छ जहाँ ६० भन्दा बढी बाध बाधिदै छ |
यो प्लान्ट बनाउने कुराले यहाका आदिबासी समाज निकै नै रिसाएको छ | बिरोध स्वरुप यहाँको पुरै क्षेत्र ३०० समाजसेबी सहित सयौ आदिबासीले घेरिरहेका छन् | तस्बिरमा भने पुलिसको हेलिकप्टर लाइ धनुष-बाणको निशाना लगाउदै छन् आदिबासी |
हेर्दै हासो लाग्ने यो घटना ..
पाकिस्तान को राजधानी इस्लामाबाद बाट उत्तर पश्चिमी मलकंदजिल्लामा जादा 'मिया खुर्शीद' ले यस्तो हसाउने घटना देखे जहाँ केहि व्यक्तिहरु मिलेर सिधा उभिएको ट्रकलाइ डोरीको सहायता बाट तल सडकमा ल्याउने कोसिस गर्दै थिए |
गहुँको भुसको तौल पछाडी धेरै भएर ट्रक पछाडीको भागले मात्र यसरी उभिएको थियो....
तड्पिएको मानिस र काम्दै गरेको हात.....
जुन महिनामा " चाइना डेली" मा प्रकाशित यस तस्बिर देख्ने हरु सबैको मनमा एक पटक चिसो पस्छ | वास्तबमा काम गर्दै जादा फ्याक्ट्रीको एक कर्मचारी शरीरमा सात वटा स्टीलको बार भित्र पस्यो |
यस तस्बिरमा फ्याक्ट्रीमा काम गर्ने साथी, फायर फाइटर अनि डाक्टरले शरीरमा पसेको स्टिलको बार काट्दै छन् र उसलाई डर नलागोस भनेर कपडाले उसको मुख छोपिएको हो |
जनाबरको मायामा जनाबर नै ...
युद्दमा मानिसमात्रै होइन जनाबर पनि मर्ने गर्दछन | म्यानमारका भएको युद्द (दंगा) मा एक कुकुर जलेर मरेको थियो | एक सानो कुकुर भने उक्त जलेको लास नजिकै धेरै दिन देखि बसिरहेको थियो | मनिश्हरुको भनाइ छ की त्यो मरेको कुकुर छेउमा बसेर हेरिरहने कुकुरको आमा थी |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Amazing World, Picture News
0 comments